Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

त्रिभुवन विमानस्थलमा बिहीबार दिउँसो १ बजेदेखि ७ बजेसम्म सबै उडान अवरुद्ध हुने


काठमाडौं, ६ वैशाख । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट बिहीबार दिउँसो १ बजेदेखि ७ बजेसम्म उडान अवरुद्ध हुने भएको छ । यस अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ कुनै पनि उडान तथा अवतरण हुने छैन ।

विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्नुपर्ने भएकाले उडान अवरुद्ध हुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

विमानस्थलले सो समयमा उडान गर्ने यात्रुले वायुसेवा कम्पनीसँग सम्पर्क गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट