राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार सुरु

काठमाण्डौं, ६ वैशाख । भारतको नयाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । उनलाई बुधवार बिहान श्री एअरको एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।
नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो ।
राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा निरज बम, परिवारका सदस्य र सात जना डाक्टरको टोली छ ।
क्याटेगोरी : प्रवास, समाचार, स्वास्थ्य
ट्याग : #breaking
प्रतिक्रिया