Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

व्यापार घाटा २ खर्बभन्दा धेरैले घट्यो, ९ महिनामा साढे ४३ अर्ब रुपैयाँको खाद्यान्न आयात


काठमाडौं । नेपालको व्यापार घाटा दुई खर्ब रुपैयाँभन्दा धेरैले घटेको छ । आयातमा कमी आएपछि चालु आर्थिक वर्षको नौ महिनामा व्यापार घाटा पोहोरको तुलनामा दुई खर्ब २३ अर्ब रुपैयाँ अर्थात् १७ दशमलव छ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्षको साउनदेखि चैतसम्म १३ खर्ब छ अर्ब रुपैयाँ व्यापार घाटा भएकोमा यो वर्ष १० खर्ब ८३ अर्ब रुपैयाँ घाटा भएको छ । यो वर्ष आयातमा पनि दुई खर्ब ६६ अर्ब रुपैयाँ अर्थात् १८ दशमलव आठ प्रतिशतले कमी आएको छ । नौ महिनामा १२ खर्ब एक अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।

यस्तै निर्यातमा पनि ४२ अर्ब रुपैयाँ अर्थात् २६ दशमलव ३४ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको नौ महिनामा एक खर्ब ६० अर्ब रुपैयाँको निर्यात भएकोमा अहिले एक खर्ब १८ अर्ब रुपैयाँको मात्रै वस्तु नेपालबाट अन्य देशमा गएको छ ।

साउनदेखि चैतसम्मको नौ महिनामा नेपालले विभिन्न देशबाट ४३ अर्ब ५३ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ । यस्तै साढे २५ अर्ब रुपैयाँको फलफूल र तरकारी, ७१ अर्ब रुपैयाँको घिउ–तेल, दुई खर्ब ६१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, साढे ४५ अर्ब रुपैयाँको प्लास्टिक, एक खर्ब रुपैयाँको फलामलगायतका वस्तु आयात भएको छ । निर्याततर्फ सबैभन्दा धेरै १० अर्ब रुपैयाँको चिया–कफी, २६ अर्ब रुपैयाँको घिउ–तेल, आठ अर्ब रुपैयाँको कपडा र सात अर्ब रुपैयाँको फलामलगायतका वस्तु निर्यात भएका छन् ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट