Techie IT
  • ६ असार २०८१, बुधबार
Jhilko

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह


काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन् । ‘मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ’, उनले भनिन्, ‘उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।’

सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि मन्त्री शर्माले आग्रह गरिन् ।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले त्यो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट