Techie IT
  • १३ जेठ २०८१, आईतबार
Jhilko

उपचुनावका दिन मनकामना केबलकार बन्द हुने


काठमाडौं, ८ वैशाख । चितवनमा हुन गइरहेको उपचुनावका दिन मनकामना केबलकारको सेवा बन्द रहने भएको छ।

चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपीठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रहअनुसार सेवा बन्द गर्न लागिएको हो। मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ।

वैशाख ११ गतेदेखि केबलकार पुनः सञ्चालनमा आउने प्रालिले जनाएको छ। चितवन २ सहित तनहुँ १ र बारा २ मा वैशाख १० गते आइतबारका दिन उपनिर्वाचन हुँदै छ।


क्याटेगोरी : पर्यटन, प्रदेश, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट