Techie IT
  • १७ मंसीर २०८०, आईतबार
Jhilko

डढेलोले पाइप जलेपछि खोटाङको विद्यालयमा खानेपानी आपूर्ति बन्द


खोटाङ, ८ वैशाख । डढेलोले पाइप जलेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेको रातमाटे आधारभूत विद्यालमा खानेपानी आपूर्ति बन्द भएको छ ।

सामुदायिक वनमा लागेको डढेलोले खानेपानीको पाइप जलेपछि बिहीवारदेखि विद्यालयमा खानेपानीको आपूर्ति बन्द भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताए।

साविक दुर्छिम–२ मा पर्ने स्थानीय मार्से सावाला कुर्ले सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानीको पाइप जलेको हो ।

भिरैभिर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर पाइप डढेलोले जलेको हो । प्यालाभिरदेखि मुहानसम्मको खण्डको कतिपय पाइप जलेर टुक्रा–टुक्रा भएको र कतिपय पाइप पड्केर फुटेको अध्यक्ष राईले बताए ।

वैशाख ६ गतेदेखि सुरु भएको डढेलो वन क्षेत्र डढिसकेपछि आफैँ निभेको छ । स्थानीय र प्रहरीले बस्ती नजिक पुगेको डढेलो नियन्त्रण गरेर घरहरु भने जोगाएका छन् ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट