Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेको विश्व कीर्तिमान


काठमाडौं, ८ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान कायम गरेका छन् ।

सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट हात पारेको खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा १०० विकेट पूरा गरेका हुन् । नेपालमा जारी एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा सन्दीपले एकदिवसीयमा १०० विकेट पूरा गरे ।

सन्दीपले अफगानिस्तानका राशिद खानले यसअघि राखेको कीर्तिमानलाई तोडेका हुन् । राशिदले ४४ खेलमा १०० विकेट लिएका थिए । अस्ट्रेलियाका मिचेल स्टार्कले भने ५२ खेलमा १०० विकेट हात पारेका थिए ।


क्याटेगोरी : खेलकुद, रोचक, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट