Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्यालले टोकेका पशुपन्छीलाई रेबिज पुष्टि


धनगढी, ११ वैशाख । घर–घरमा आएर पुशलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ मा आतङ्क मच्चाएपछि स्थानीयले स्याललाई मारेका हुन् ।

स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको प्रयोगशालाका प्रमुख डा। नरेश जोशीले जानकारी दिए । ‘स्यालमा प्रायः रेबिज हुने गर्दछ’, उनले भने, ‘तर, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पहिलो पटक स्यालमा रेबिज परीक्षण गरेको हो ।’

स्यालले टोकेपछि सो क्षेत्रमा रेबिज देखिएका दर्जनौं घरपालुवा पशु यसै वर्ष मरेको डा जोशीले बताए । ‘यो जटिल समस्या बन्दै गएको छ’, उनले भने । स्यालका कारण स्थानीय त्रसित छन् ।

कैलाली, कञ्चनपुर दुवै जिल्लामा पशुहरुमा रेबिज देखापरेको छ । पछिल्लो दुईरतीन महिनाको अवधिमा गाई, भैंसी, बाख्रा, कुकुर र स्यालमा गरी २२ वटा रेबिज अन्वेषण गरिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट