Techie IT
  • ११ जेठ २०८१, शुक्रबार
Jhilko

थप १ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार आठ सय १० जनाको नमुना परीक्षण गर्दा एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७२ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय ६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये २९ जना संस्थागत आइसोलेशन, चार जना सघन उपचार कक्ष (आईसीयू) मा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट