सात लाख नक्कली नोटसहित एक महिला पक्राउ

जनकपुरधाम, १२ वैशाख । धनुषा प्रहरीले सात लाख बढी नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई सात लाख ७१ हजार नक्कली नोटसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोली २५ वर्षीया अनुको ब्यागमा खोजतलास गर्दा यी नक्कली नोट बरामद गरिएको हो ।
क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #pakrau
प्रतिक्रिया