Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु, १११ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार पाँच सय १७ जनाको नमुना परीक्षण गर्दा एक सय ११ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६० जना कोरोना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिले नेपालमा तीन सय ७८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट