Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाऔँः शाही


काठमाडौं, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन्।

शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै शाहीले आजै छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘त्यो सुन हो कि पित्तल हो भन्नेकुरा सरकारले छानबिन समिति गठन गर्नुपर्छ। र सरकारले आजै जवाफ दिनुपर्छ। हाम्रो धारणा के हो भने समिति गठन हुनुपर्‍यो। यो विषयवस्तु टुंगिएको छैन, यो विषयवस्तु तबमात्र टुंगिन्छ वास्तवमा सुन हो कि पित्तल हो त्यो सरकारले जवाफ दिनुपर्छ।’

उनले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्था माथि प्रहार भएको पनि बताए। मा‌ओवादी केन्द्रका सांसद राजन दाहालले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी हालेको बताएपछि एमालेले संसद अवरुद्ध गरेको छ।

‘संसदीय छानविन समितिको गठन गरौं, त्यो सुन कसले खायो ?’

एमालेले गलत नगरेको भए किन डराएको त ?: राजन दाहाल

के हो पशुपतिनाथको सुनको जलहरी काण्ड ?


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #gyanendra shahi, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट