Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमालेले गलत नगरेको भए किन डराएको त ?: राजन दाहाल


काठमाडौं, १२ जेठ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल (राजन)ले पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरीको विषयमा संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । गएको जेठ १० गते प्रतिनिधिसभा बैठकमा आफूले बोलेको विषयमा एमालेले संसद् अवरोध गरेपछि उनले त्यस्तो बतएका हु्न् ।

उनले एमालेले उक्त विषयलाई पहिले सामान्य रुपमा लिएको र अहिले एकाएक गम्भीर रुपमा उठाएको बताए ।

“मैले यती, ओम्नी, पशुपतिको जलहरीको विषयमा तपाईँहरुको पालामा भएको भ्रष्टाचारका विषयमा छानबिन गर्नुपर्दैन ? भन्ने सन्दर्भमा त्यसो भनेको हुँ । त्यसपछि पनि मेरो एमाले सांसद्हरुसँग भेट भएको थियो । उहाँहरुले कुनै आपत्ति जनाउनुभएको थिएन,” उनले भने, “एकाएक संसद् अवरुद्ध भयो ।”

उनले एमालेले गलत नगरेको भए किन डराएको त भन्दै प्रश्न पनि गरे । पत्रकारहरुको संक्षिप्त कुरकानीमा उनले महालेखा परीक्षकको प्रतिवेदनमा पनि उल्लेख भएको विषय आफूले उठाएको बताए । यता, एमालेले भने जलहरीको विषयमा दाहालले माफी माग्नुपर्ने माग गरिरहेको छ । उनले आफूले माफी नमाग्ने बरु समिति बनाउनुपर्ने बताए ।

“उहाँहरुले अनावश्यक रुपमा उचाल्नुपर्ने कारण छैन । उहाँहरुले कमजोरी गर्नुभएको छ । कमजोरी नगरेको भए किन आत्तिएको त ? महालेखा परीक्षकको प्रतिवेदनमा पनि जलहरीको विषय उल्लेख छ । यसमा के भएको हो ? संसदीय छानबिन समिति बनाउँदा हुन्छ,” उनले भने “मैले माफी माग्ने कुरा हुँदैन ।”

एमाले अध्यक्ष ओलीलाई संसदबाट ‘भ्रष्टचारी करार’ गरिएपछि…

टाउकोमा आरोप बोकेर हामी कसरी संसदीय प्रक्रियामा भाग लिन सक्छौं? : नेम्वाङ

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #rajan dahal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट