Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चीनतर्फ जोडिएका सबै नाका आजदेखि खुल्ने


काठमाडौं । लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गएको चैतमा चीनमा भएको भेटका क्रममा मे १ तारिख अर्थात् आजदेखि सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारीसहित चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएको थियो ।

सहमति अनुसार आजदेखि सिन्धुपाल्चोकको तातोपानीसहितका नाका खुल्नेछन् । उद्योग मन्त्री रमेश रिजालका अनुसार यसअघि भएको सहमति अनुसार नाका खुल्नेछ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार तातोपानी नाकामा कन्टेनर पठाउन तयारी अवस्थामा छ । उताबाट पनि कन्टेनर आउनेछन् । तातोपानी नाका भूकम्पपछि बन्द भएको थियो । त्यसपछि बीचमा कार्गो सामान आयात भए पनि नाका पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन ।

चीनतर्फका नाकाहरूमा रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला रहेका छन् ।

रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको यारी मुख्य व्यापारिक नाका हुन् । रसुवागढी र तातोपानी नाकाबाट सामान आयातरनिर्यात धेरै हुने गर्छ । रसुवागढीबाट आयातरनिर्यात खुला भइसकेको छ । त्यस्तै, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने उद्योग मन्त्रालयले जनाएको छ।

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट