Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्वास्थ्यमा सुधारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता


काठमाडौं । भारतमा उपचार गरी स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् । उनी गएराति स्वदेश फर्किएका हुन् ।

गएको वैशाख ६ गते उपचारका लागि उनी भारत गएका थिए। राष्ट्रपति पौडेल दिल्लीमा रहेको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट हिजो डिस्चार्जपछि स्वदेश फर्किए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्ति अनुसार उनी नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका हुन् ।

राष्ट्रपति पौडेललाई डाक्टरले केही हप्ता आराम गर्न सुझाव दिएका छन् । पेट र छातीमा समस्या देखिएपछि उनी उपचारका लागि भारत गएका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट