Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

२ लाख रुपैयाँ घुस लिन महोत्तरीका सई काठमाडौंबाट पक्राउ


काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टलाई आज शुक्रवार काठमाण्डौको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनले ५० हजार रुपैयाँ नगद र एक लाख ५० हजार रुपैयाँको चेक लिएका थिए ।

विष्ट घुस रकम लिनकै लागि महोत्तरीबाट काठमाडौं आएका अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट