Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौं महानगरले आजदेखि तार व्यवस्थापन गर्ने


काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्रको तार व्यवस्थापन गर्ने भएको छ।

आइतबार बसेको बैठकले उक्त निर्णय गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि बसन्तपुर हुँदै असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरिएको हो।

‘भोलि बिहान माइतीघर मण्डला र न्यूरोड गेटबाट व्यवस्थापनको काम थालिने छु’- उनले भने।

तार व्यवस्थापन गर्दा नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहने महानगरले बताएको छ।

‘ती क्षेत्रमा सेवा प्रदायकले आफ्नो आफ्नो तारमा संकेत चिन्ह लगाउने, चिन्ह नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैं जिम्मेवार हुने बैठकमा निर्णय भएको छु’- उनले भने।

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियरहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल, द इन्टरनेट सर्भिस प्रोभाइडर्स एशोसिएसन अफ नेपाल (आइएसपीएएन) का कोषाध्यक्ष पुष्कर कडाल, प्रमुख प्रशासकीय अधिकृत सुवेश खड्कासहित महानगरका अधिकारीहरूको सहभागी थियो।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट