Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संवैधानिक परिषद्को बैठक आज बस्ने, प्रधानन्यायाधीश नियुक्तिको गाँठो फुक्ला त ?


काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बोलाइएको हो । आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने बताइएको छ । शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएका हुन् ।

विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आइरहेको छ ।

यसअघि वैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा सर्वसम्मति हुन सकेको थिएन । मुख्यतः संवैधानिक परिषद्को पदेन सदस्य रहने विपक्षी दलका नेता केपी शर्मा ओलीले ‘विधिसम्मत’ सिफारिसको कुरा निकालेपछि सर्वसम्मति हुन सकेन र प्रधानन्यायाधीशको सिफारिस सम्भव भएन ।

करिब १५ महिनादेखि खाली रहेको प्रधानन्यायाधीशको पदपूर्तिका लागि प्रधानमन्त्री प्रचण्डले गत वैशाख ४ गतेदेखि केही सक्रियता देखाएका थिए । वैशाख ४ गते प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । सोही सहमति अनुसार वैशाख ६ गते संवैधानिक परिषद्को बैठक बसेर सर्वसम्मतिबाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने कोसिस गरिएको थियो । तर सो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले ‘कानुन बनाएर मात्रै’ विधिसम्मत सिफारिस गर्नुपर्ने अडान लिएपछि प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा समस्या देखिएको थियो ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट