Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नागरिकता विधेयक समेतका समसामयिक विषयमा छलफल गर्न कांग्रेस एमाले अध्यक्ष बालुवाटारमा


काठमाडौ । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नागरिकता विधेयकसमेतका प्रमुख चासोका विषयहरूमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको आग्रहमा नेताहरू बालुवाटार पुगेको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी सार्वजनिक गरेका हन् ।

आजको बैठकमा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

सोमबार मात्र संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्णको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई समिति गठन गर्नुपर्ने कार्य बाँकी रहेको छ । यसैगरी संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि संसद्मै विचाराधीन छ ।

राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयकको बारेमा पनि तीन नेताबीच छलफल हुने अपेक्षा छ ।

प्रधानमन्त्री र राष्ट्रपतिले कानुन विज्ञहरूसँग राष्ट्रपति कार्यालयमा अलपत्र नागरिकता विधेयकको मौजुदा स्थितिबारे छलफल गरेका थिए ।

प्रधानमन्त्रीलाई कानुन विज्ञहरूले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न मिल्ने सल्लाह दिएका थिए ।

एमाले ओलीको इशारामा निवर्तमान राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको समाचार सञ्चार माध्यममा सार्वजनिक भएकाले त्यसबारे ओलीको धारणासमेत लिने उद्देश्यले प्रधानमन्त्री प्रचण्डले यो बैठकको आयोजना गरेको बालुवाटार स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट