Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ


काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा पूर्व गृहमन्त्री खाँणलाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीहरूले सूचना चुहाएका हुन् ।

यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । रायमाझीलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहिआएका छन् ।

खाँण पक्राउ परेसँगै नकली भुटानी शरणार्थी बनाउने प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।

यसअघि रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।

यो समाचारबारे औपचारिकरूपमा प्रहरी निकायले पुष्टि गरिसकेको छैन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट