Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नकली भुटानी शरणार्थी प्रकरणको मुख्य फिल्म बाँकी भएको ओलीको भनाइ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नकली भुटानी शरणार्थी प्रकरणको मुख्य फिल्म बाँकी भएको भन्दै सो विषयमा भइरहेको छानबनबाट आफू खुशी रहको बताएका छन् ।

एमाले केन्द्रीय कमिटी बिहीबार बस्ने बैठकअघि सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा अध्यक्ष ओलीले यस्तो बताए ।

उनले साह्रै ठुलो संख्यामा ठगी र शोषण भएकाले यो प्रकरण बाहिरिएको पनि भने ।

उनले भने “एक ढंगले भन्ने हो भने यो कसैको काबुभन्दा बाहिरको स्थिति थियो । छताछुल्ल भयो ।साह्रै ठुलो संख्यामा ठगी र शोषण भएपछि यो घटना छताछुल्ल भएको हो । त्यसकारण म यो अगाडि बढेकोमा खुशी छु ।”

साथै ओलीले भने “ दोषी छुट्नुहुदैन । निर्दोष पर्नुहुदैन । मुख्य फिल्म बाँकी नै छ । ”

भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी समेत संलग्न भएको भन्दै अदालतले पक्राउ पूर्जी जारी गरिसकेको पछि एमालेले रायमाझीलाई निलम्बन गरेको बुधबार सार्वजनिक गरेको थियो ।

सो प्रकरणमा यसअघिसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई लागायत १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट