Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बर्दियाकाे डाँडागाउँमा आगलागी, ८ वटा घर जलेर नष्ट


बर्दिया । बर्दियाको मधुवन नगरपालिका–१ डाडागाउँ बस्तीमा आगलागी हुँदा आठ वटा घर जलेर नस्ट भएको छ ।

आज बिहीवार बेलुकी भएको आगलागीमा आठ घर जलेर नष्ट भएको र तीन वटा घरमा आंशिक क्षति भएको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापाले जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । गौरी रोकायको घरमा बिजुली शट भएकोले आगो अनियन्त्रित भई अरू घर पनि जलेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगो निभाउन मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भग्रैया र स्थानीयले प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मत बोहोराले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट