Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

तुलसीपुरमा ट्र्याक्टरबाट खसेर १४ वर्षीय किशोरको मृत्यु


दाङ । दाङको तुलसीपुरमा ट्र्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ का १४ वर्षीय विनोद चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आज शुक्रवार दिउँसो ज्यान गएको हो ।

तुलसीपुर–१४ गोठ्वाबाट ग्वारखोला जाँदै गरेको रा १ त ४८९८ नम्बरको ट्र्याक्टरबाट किशोर गोठ्वा नजिकै खसेका प्रहरीले जनाएको छ । ट्र्याक्टर नियन्त्रणमा लिएको र घटनापछि फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट