Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

टोपबहादुर रायमाझीलाई सरकारी वकिल कार्यालयमा पेस


काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सरकारी वकिल कार्यालयमा पेस गरिएको छ।

थप अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले सोमबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा पेस गर्दैछ। म्याद थपपछि प्रहरीले बाँकी अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ।

फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार राति बुढानिलकण्ठको पासीकोट क्षेत्रबाट पक्राउ गरेको थियो। उनी ११ दिनपछि पक्राउ परेका थिए। प्रहरीले उनीविरुद्ध वारेन्ट जारी गरेपछि रायमाझी रुपन्देहीबाट सम्पर्कविहीन बनेका थिए।

शरणार्थी प्रकरणमा उनका छोरा सन्दीप पनि पक्राउ परेका छन्। त्यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत पक्राउ परेका छन्। खाँणले सोमबारै सरकारी विकल कार्यालयमा बयान दिएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #top bahadur

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट