Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाली सेनाद्वारा सगरमाथा र ल्होत्से हिमालबाट १ टन फोहोर सङ्कलन


सोलुखुम्बु । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालबाट सङ्कलन भएको झन्डै एक टन फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) लाई हस्तान्तरण गरेको छ ।

सेनाको नेतृत्वमा ‘सफा हिमाल’ अभियानमार्फत सङ्कलित नौ सय ५० किलो नकुहिने फोहोर आज मङ्गलवार नाम्चेमा एसपीसीसीलाई हस्तान्तरण गरिएको हो । नकुहिने फोहोर हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइने नेपाली सेनाले जनाएको छ । कुहिने फोहोर भने नाम्चेमा नष्ट गरिने एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाले बताए ।

प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जना नेपाली सेना र अन्य समूहले गएको चैत २० गतेदेखि सगरमाथा र ल्होत्से हिमाल सफाइ गरिरहेका छन् । ‘सफा हिमाल’ अभियान जेठ १५ गतेसम्म चल्ने सेनाका सेनानी खिमबहादुर डाँगीले जानकारी दिए ।


क्याटेगोरी : पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट