Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आजको मौसम : देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना


काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । आज पनि दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार सुदूरपश्चिम र कोशी प्रदेशको मौसम पूर्ण रुपमा बदली भएको छ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो पछि पहाडी जिल्लासहित तराईका एकरदुई ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका मध्यभाग बाहेक अन्य ठाउँमा मौसम बदली भइ दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेको छ ।

हिजो पनि दिउँसो पछि धेरै ठाउँमा पानी परेको थियो । गण्डकी प्रदेशका एकरदुई ठाउँमा हिजो ठूलो वर्षासमेत भएको थियो । गएको २४ घण्टामा बाग्मती प्रदेशको नगरकोटमा ६५ मिलीमिटर, दामनमा ४२ दशमलव २ र काठमाण्डौमा २३ मिलीमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी परेको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट