Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जुम्लामा काली मार्सी धान रोपाइँ सुरु


जुम्ला, ८ जेठ । जुम्लाको पातारासी गाउँपालिकामा काली मार्सी धान रोपाइँ गरिएको छ।

विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा आइतबार महोत्सव आयोजना गरी रोपाइँ गरिएको हो। स्थानीय सरकार र कृषि विकास कार्यालयको अगुवाइमा कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री भीमप्रकाश शर्माले खेतमा काली मार्सी धान रोपेर महोत्सव उद्घाटन गरे।

मन्त्री शर्माले जुम्लाका किसानले रैथाने बालीको उत्पादन बढाउन सके प्रदेश सरकारले बजारीकरण गर्ने बताए। उनले भने, ‘मार्सीधान संरक्षणका लागि संघ र स्थानीय सरकारले चासो देखाएका छन्’, उनले भने, ‘उत्पादन बढाउनुस्, बजारका लागि प्रदेश सरकारले सहयोग गर्नेछ।’

गाँउपालिकाका अध्यक्ष पूर्णसिंह बोहराले संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षणका लागि किसानमा उत्साह जगाउन कार्यक्रम गरिरहेको बताए। समुद्री सतहदेखि करिब दुई हजार ८५० मिटर उचाइमा रहेको छुमचौर ज्युलोमा चिसो भएकाले जेठमै धान रोप्ने चलन छ। पछिल्लो समय मार्सी लोप हुने अवस्थामा पुगेपछि कृषकदेखि स्थानीय सरकार यसको संरक्षणमा लागिपरेका छन्।

मार्सीधानमा ‘ब्लाष्ट’ रोगको संक्रमण भएपछि उपचार विधि थाहा नपाउँदा किसानले लगाउनै छाडेका थिए। अहिले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा धान रोप्ने गरिएको जिल्ला कृषि बिकास कार्यालय जुम्लका निमिक्त प्रमुख गणेशबहादुर अधिकारीले बताए।

 


क्याटेगोरी : कृषि, जनमञ्च, समाचार, कर्णाली प्रदेश
ट्याग : #ropai

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट