Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

खोटाङको बतासेमा हावाहुरीले विद्यालयको छाना उडायो


खोटाङ । हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेको महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजो बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको छाना उडाएको हो ।

आईसीटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन र कक्षा ४ र कक्षा ५ पठन–पाठन हुँदैआएको भवनको छाना उडाएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताए ।

छाना उडाएपछि आईसीटी कक्षाको कम्प्युटर, डेस्क बेञ्च लगायतका सामान भिजेको छ । केही दिनभित्रै विद्यालयको भवनको छाना हालिने गाउँपालिका अध्यक्ष राईले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट