Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिंहदरबारको दक्षिण गेटमा मानव अधिकारकर्मीहरूको प्रदर्शन, केही पक्राउ


काठमाडौं, १४ जेठ । सिंहदरबारको दक्षिण गेटमा मानव अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्ने मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले १७ जनालाई पक्राउ गरेको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।

कृष्ण पहाडी, कवि अर्जुन पराजुली, विमल अर्याल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


क्याटेगोरी : जनमञ्च, समाचार, बाग्मती प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट