Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यस्तो रहनेछ आज दिनभरको मौसम पूर्वानुमान


काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया साफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

साथै, गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमवार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, वाग्मती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू- भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमवार राति सुदूरपश्चिम प्रदेशका साथै कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट