Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सैनिक मञ्च (टुँडीखेल)मा यसरी मनाइयो गणतन्त्र दिवस


काठमाडौं । आज सैनिक मञ्च (टुँडीखेल)मा बिहानै विशेष समारोहकासाथ १६ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालमा गणतन्त्र स्थापना भएको दिन टुँडीखेलमा पुष्प वृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिका प्रतीक परेवा पनि उडाइएको छ ।


समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउँदै यसलाई अझै मदबुत बनाउनु पर्नेमा जोड दिए ।

नेपालमा बिक्रम सम्मत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते दिवस मनाउने गरिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट