Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काभ्रे कारागारबाट चार जनाको कैद मिनाह


काभ्रे, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा आज काभ्रे जिल्ला कारागारबाट चार जनाको कैद मिनाह भएको छ।

जिल्ला कारागार धुलिखेलको सिफारिसमा गृह मन्त्रायलले पठाएको पत्र अनुसार राष्ट्रपति कार्यालयबाट काभ्रे जिल्ला कारागारमा विभिन्न मुद्दामा रहेका चार जनालाई रिहाई गरिएको धुलिखेल कारागार प्रमुख पर्शुराम थापाले जानकारी दिए।

नमोबुद्ध नगरपालिका १० का टाटे भन्ने नारायण तामाङ चोरी मुद्दा, रोशी गाउँपालिका ६ को बिम बिक डाँका चोरी मुद्दामा, रामेछाप उमाकुण्ड गाउँपालिका १ को दोर्जे शेर्पा सवारी ज्यान र पाँचखाल नगरपालिका १ को बलराम भन्ने विशाल श्रेष्ठ सवारी ज्यान मुद्दामा जेल परेका थिए।

कालो सूचीमा नरहेका मुद्दामा कैद भुक्तान गरिरहेकाहरूलाई जिल्लाले सिफारिस गरिएको थापाले बताए।


क्याटेगोरी : जनमञ्च, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट