Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान


काठमाण्डौं, १७ जेठ । आईसीसी विश्वकप क्रिकेट छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।

रोहित पौडेलको कप्तानीमा टोली गएराति दक्षिण अफ्रिका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यो टोलीमा सन्दीप लामिछाने भने गएका छैनन् ।

नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ । नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बावे जानेछ । जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागिता छ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । आउँदो जुन १८ तारिखमा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट