Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो


सिन्धुपाल्चोक, १७ जेठ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ मा आज बिहान मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार बलेफी गाउँपालिका–२ का २२ वर्षीय प्रदिप माझी र साँगाचोकगढी नगरपालिका–११ बस्ने अन्दाजी १७ वर्षीय अनिल माझी रहेका छन् ।

चौताराबाट जलबिरेतर्फ जाँदै गरेको बा ४५ प ५५४१ नम्बरको मोटरसाइकल आज बिहान सवा सात बजे अनियन्त्रित भई भिररबाट करिब १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #accident, #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट