Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्डसँग माेदीका सुरक्षा सल्लाहकार र विदेश सचिवकाे भेट


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका छन् ।

चार दिवसीय भारत भ्रमणका लागि आज बुधवार नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल मौर्यमा पुगेर सुरक्षा सल्लाहकार डोभालले भेट गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डसँग त्यही होटलमा भारतका विदेश सचिव विनयमोहन क्वात्राले पनि भेट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेका थिए।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल छन्।

प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार स्वदेश फर्किने तालिका रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट