Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंको नैकापमा एक महिला मृत फेला


काठमाडौं, १९ जेठ । काठमाडौंको नयाँ नैकापमा एक महिला मृत फेला परेकी छन्।

शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित एक घरमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनका अनुसार महिला बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीका अनुसार मृतक ३९ वर्षीया प्रफुला मानन्धर श्रेष्ठ हुन्। उनी घरको दोस्रो तलामा रहेको कोठाको भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेकी हुन्। बिहान ९ बजेसम्म पनि ढोका नखुलेपछि हेर्न जाँदा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।

शव पोस्टमर्टको लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट