Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रचण्डद्वारा मोदी र भारतीय जनताप्रति आभार व्यक्त


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका रुपमा आफ्नो चौथो भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको बताएका छन् ।

भारत भ्रमणको तेस्रो दिन सामाजिक सञ्जाल ट्वीटरमा मोदीसँगको भेटवार्तासहितको तस्बिर राख्दै प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा पाएको न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि प्रधानमन्त्री मोदी र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीका रुपमा मेरो चौथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको छ । न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु’, प्रचण्डले भनेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट