Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर आज एक महिलाको ज्यान गयो


भक्तपुर, २० जेठ । भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर आज एक महिलाको ज्यान गएको छ ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीको हनुमन्ते पुलमा राधेराधेबाट निकोसेरा जाँदै गरेको बा २१च ५३०१ नम्बरको गाडीबाट खसेर ४३ वर्षीया महिलाको ज्यान गएको हो । ज्यान गुमाउने महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीको डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भइ अहिले ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट