Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रिय योजना आयोगले पायो पूर्णता


काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिइन् । महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । यूनडीपीमा समेत काम गरेको अनुभव भएकी ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेकी छन् ।

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षमा डा। श्रेष्ठले पदबहाली गरेका थिए । तत्कालीन माओवादी(एमालेसहितको गठबन्धन भत्किएर कांग्रेस नेतृत्वको पुरानै गठबन्धन बनेपछि त्यसको असर आयोगमा परेको थियो । यसअघि आयोगका सदस्यहरुमा डा। रामकुमार फुयाल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा.आरपी विच्छा र डा. रमेश पौडेल नियुक्त भइसकेका छन् ।

नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छन् । यसअघि नियुक्त सदस्यहरुमध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो । डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा. बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा. विच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ । डा. पौडेललाई शिक्षा, शहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।

उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशहरुको समन्वय रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #national planning commission, #yojana aayog

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट