Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बर्दिबासमा बस दुर्घटना, आठ जना घाइते


बर्दिबास, २४ जेठ । काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नं को शिव शक्ति बस बर्दिबास ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक आज बिहान दुर्घटना हुँदा ८ जना घाइते छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा सप्तरी नर्वे ३ का ३० वर्षीय फूल कुमार पासवान, सिराहा नरहा १ का २४ वर्षे नागेश्वरी महतो, कल्याणपुर ६ का ४५ वर्षीय डोमा दास, कर्जनाहा ३ का २१ वर्षीय रामबिनय दास, २० वर्षीय मन्दिप महतो, २१ बर्से मिथलेस दास र सिराहा गोलबाजार ६ का २७ वर्षीय राजु सदा छन् ।

घाइतेहरूलाई बर्दिबासस्थित ट्रमा सेन्टर भर्ना गरिएको छ । बर्दिबासस्थित इलाका प्रहरीका अनुसार सडक छेउमा बिग्रिएर बसेको प्रदेश २.०१.००१ख ०२२१ नं को ट्रकमा बिहान छ बजेतिर ठोकिदा दुर्घटना भएको हो । बसमा रहेका २२ यात्रु मध्ये अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार, मधेस प्रदेश
ट्याग : #bardibas, #bus accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट