Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बनेपामा युलेन्स स्कुलको सात सय रोपनी जग्गा प्रयोगमा नआउँदा बाँदर र दुम्सी लुक्ने ठाउँ भएको छः गोकुल बाँस्कोटा


काठमाडौं, २४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले काभ्रेको बनेपामा युलेन्स स्कुलले भाडामा लिएको जमिन प्रयोगमा नआउँदा अहिले त्यो बाँदर र दुम्सीका लागि लुक्ने ठाउँ भएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त स्कुलले लिएको करिब ७ सय रोपनी जग्गा प्रयोगमा नआउँदा त्यहाँ बाँदर र दुम्सी लुक्ने ठाउँ भएको र त्यसले किसानलाई पीडा दिएको बताए ।

‘बनेपामा युलेन्स स्कुल भन्नेले झन्डै ७ सय रोपनी जग्गा लिएर अहिले बाँदर र दुम्सीको ठाउँ बनाइदिएको छ, स्कुल नबनाएर,’ उनले भने, ‘त्यसबाट किसानहरू पीडित छन् ।’


क्याटेगोरी : समाचार
ट्याग : #gokul baskota

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट