Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लू का कारण तराई मधेसको जनजीवन प्रभावित, पहाडी भेगमा हल्का बर्षाको सम्भावना


काठमाडौं । तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ । धेरैजसो विद्यालय बन्द भएका छन् भने अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अत्यधिक गर्मी र तातो हावा लू का कारण टाउको दुख्ने, रिँगटा लाग्ने, वान्ता हुने, ज्वरो आउने, मांसपेशी दुख्ने जस्ता स्वास्थ्य समस्या देखिन थालेको छ ।

एक हप्ताभन्दा लामो समयदेखि चलेको लू अझै चार दिनसम्म चल्ने मौमसविद्ले अनुमान गरेका छन् । तत्काल पानी पर्ने सम्भावना नरहेको र पश्चिमी वायु पनि कमजोर रहेकाले तराई मधेसमा अझै चार÷पाँच दिन मौसम यस्तै रहने अनुमान छ ।

गर्मीले नागरिकलाई घर बाहिर निस्कन समेत मुस्किल पर्ने गरेको छ । डाक्टरहरुले घाम चर्किएका बेला सकेसम्म घर बाहिर नहिँड्न सुझाव दिँदै आएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि चर्को घाममा नहिँड्न तथा हिँड्नै परे छाता ओड्न, पातला कपडा लगाउन आग्रह गरेको छ । नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै आए पनि सरकारले प्रभावितको राहतका लागि भनेर कुनै योजना भने ल्याउन सकेको छैन ।

गर्मी र लू का विषयमा स्वास्थ्य मन्त्रालय र प्राधिकरणमा अनौपचारिक कुराकानी भइरहे पनि अब कसरी अगाडि बढ्ने भनेर औपचारिक छलफल भएको छैन । सरकारले मनसुनी समयमा हुने बाढी, पहिरो तथा डुबानलगायतका प्रकोपलाई विपद् अन्तर्गत राखे पनि लू तथा गर्मीलाई विपद् अन्तर्गत राखेको छैन । यसले गर्दा पनि यस्तो बेला कसरी नागरिकलाई राहत दिने भन्नेबारे कुनै योजना बनाउन कठिनाइ भएको प्राधिकरणका एक अधिकारीले बताए ।

एक हप्ता लामो समयदेखिको लू का कारण जनजीवन प्रभावित भएको तर राहतका कुनै योजना नआएको भन्दै आलोचना हुन थालेपछि सरकारले बल्ल चासो दिन थालेको छ । एकरदुई दिनमै यस विषयमा विज्ञसँग छलफल गरी कुनै निकर्षमा पुग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रका पालिका तथा प्रदेशसँग पनि सहकार्य र समन्वयका लागि छलफल गर्ने तयारी गरेको छ । स्थानीय सरकारले पनि अहिलेसम्म लू प्रभावित क्षेत्रमा राहतका कुनै कार्यक्रम ल्याएको छैन ।

त्यस्तै पहाडी भेगमा भने हल्का बर्षाको संभावना रहेको नमौसमविद्ले जनाएका छन् । आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट