Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कालीकोटमा जीप दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु


कालीकोट । कालीकोटमा रोकिराखेको जीप दुर्घटना हुँदा दुई जना श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

रास्कोट नगरपालिका वडा नम्बर–२ सेराबजारमा स्टार्ट गरी छोडेको बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रास्कोट नगरपालिका–१ लहरेलाका ४३ वर्षका मनबहादुर शाही र उनकी श्रीमती मैना शाहीको ज्यान गएको हो।

दुर्घटनामा जीपमै रहेका त्यही ठाउँका रितु सिंह घाइते भएका छन् । घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार चालकले जीप स्टार्ट गरी छाडेर जुत्ता लगाउन गएका बेला दुर्घटना भएको हो।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट