Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सर्लाहीमा तस्करीको रासायनिक मल नियन्त्रणमा लिन खोज्दा प्रहरी र गाउँलेबीच झडप


काठमाडौं । भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल नियन्त्रणमा लिन खोज्दा सर्लाहीमा गाउँले र प्रहरीबीच झडप भएको छ ।

बिहीबार दिउँसो ३ बजेतिर सर्लाहीको धन्कौल गाउँपालिका–६ बैरिया टोलमा गाउँले र प्रहरीबीच झडप भएको हो ।

झडपमा दुईजना प्रहरी घाइते भएका छन्, स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार स्थानीय राजु सहनीको घरमा भारतबाट ठूलो मात्रामा रासायनिक मल ल्याएर राखेको सूचनाको आधारमा प्रहरी टोली पुगेको थियो । मल नियन्त्रणमा लिन प्रयास गरेपछि स्थानीयले ढुंगा मुढासहिले आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

गाउँलेको ढुंगामुढाबाट प्रहरी निरीक्षक सुमित कुशवाह र वरिष्ठ हबल्दार कन्हैया साह घाइते भएका छन् । दुबैजनाको टाउको र जिउमा ढुंगा लागको डीएसपी पजियराले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी बोलाएपछि गाउँलेहरु भागेका छन् । प्रहरीले ७२ बोरा मलखाद बरामद गरेको डीएसपी पञ्जियारले जानकारी दिए ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट