Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

डडेल्धुरामा बाख्राका कारण जीप दुर्घटाना, नौ जना घाइते


डडेल्धुरा, २६ जेठ । डडेल्धुरामा जीप दुर्घटना भएको छ। चरिचरनका लागि जंगलमा लगिरहेका बाख्राका कारण जीप दुर्घटाना भएको हो। बाख्रा बचाउन खोज्दा जीप सडकमा नै पल्टिएर नौ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार बिहान जिल्लाको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा से १ज ३२९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टका अनुसार उक्त जीप नवदुर्गा १ निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको थियो।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको डिएसपी भट्टले जानकारी दिए। जीप सोही ठाउँका ५७ वर्षीय राजबहादुर बोहराले चलाएका थिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #dadeldhura, #jeep accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट