Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लुम्बिनी प्रदेशले ल्यायो नारै नाराले भरिएको नीति तथा कार्यक्रम


दाङ, २६ जेठ । लुम्बिनी प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका छन् ।

५१ पेज लामो नीति तथा कार्यक्रममा नारै नारै उल्लेख छन् । कृषि क्षेत्रको व्यवसायीकरण गर्दै स्थानीय उत्पादनका सामाग्रीको ब्राण्डिङ्ग गर्दै साना प्रशोधन उद्योग स्थापना गरेर स्थानीयस्तरमा रोजगारी सृजना लगायतको बिषयलाई प्राथमिकता दिइएको छ ।

प्रदेशबासीको आवश्यकता बमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जन बृद्धि गर्दै जीवनस्तरमा दिगो सुधार एवम् उत्पादन र उत्पादकत्व बृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीति प्राथमिकमा केन्द्रित हुनेगरी कार्यक्रम चलाइने भएको छ ।

यस्ता छन् नारा : 

प्रदेश सरकारले सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा नाराहरु समेटिएको छ ।`कृषकबाट कृषकसम्म´ प्रविधि तथा कार्यक्रम बिस्तार गरिने नीति तथा कार्यक्रममा समेटिएको हाे । घरदैलोमा प्राविधिक सेवा:उत्पादनमा टेवा, श्रमकाे सम्मान: लुम्बिनी प्रदेशकाे अभियान, पढ्दै कमाउदै, कमाउदै पढ्दै , सीप सिकाै दक्ष बनाै, उद्योग दर्तामा प्रविधि: लुम्बिनी प्रदेशकाे उन्नति, मानव विकासकाे आधार:लुम्बिनीका स्तरिय र सुरक्षित पूर्वाधार,कृषिकाे आधार:सिंचाइमा सुधार, उज्यालो प्रदेश:लुम्बिनी प्रदेश, एक घर एक धारा, वन जन्य उद्यमकाे विकास:वेराेजगारी समस्याकाे निकास, पीडितसँग प्रदेश सरकार, सिकाउने, टिकाउने र श्रमबजारमा बिकाउने, लुम्बिनीका खेलाडी:सधैं अगाडि, मेराे स्वास्थ्य मेराे जीवन, लाेरेट एण्ड लिडर कार्यक्रम काे रुपमा समेटिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #lumbini pradesh

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट