Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

डोजरको ठक्करबाट पूर्ववडाध्यक्षको मृत्यु


स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ का पूर्ववडाध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट मृत्यु भएको छ ।

आज शुक्रवार वडा नम्बर ५ कै जोगिमारामा काम गरिरहेको डोजर अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो । डोजरले ठक्कर दिँदा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा ज्यान गएको प्रहरीले जनाएको हो । अहिले उनको शव पोस्टमार्टमका लागि वालिङको गह्रौ प्राथमिक अस्पतालमा राखिएको छ ।

क्षेत्री २०७४ को पालिका चुनावमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एकमात्र वडाध्यक्ष थिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट