Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु


जाजरकोट, २७ जेठ । पोखरीमा डुबेर जाजरकोटमा दूई जना बालकको मृत्यु भएको छ। सिँचाइका लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भेरी नगरपालिका– १३ का नरबहादुर बस्नेतका छोरा ८ वर्षीय पाण्डप बस्नेत र टीकाराम बस्नेतका छोरा ९ वर्षीय प्रमोद बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुनिल थापा नेपालीका दुवै बालक शुक्रबार विद्यालयबाट घर आएर खाजा खाएपछि खेल्न गएका थिए।

पौडी खेल्न पोखरीमा पुगेका उनीहरुलाई डुबेको देखेपछि स्थानीय र प्रहरीले उद्धार गरेर एक जनालाई मिसन अस्पताल चौरजहारी र अर्कालाई जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको थियो। तर अस्पतालमा पुर्‍याउँदा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #death, #jajarkot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट