Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हेटौंडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा मृत फेला


हेटौँडा, २७ जेठ । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवै जना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #hand death, #suidide

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट