Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सामुदायिक विद्यालयका शिक्षकहरुको काठमाडौंमा थाल ठटाएर विरोध प्रदर्शन


काठमाडौं, २८ जेठ । आगामी आर्थिक वर्षको बजेटबाट आफूहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षक लगायत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म थाल ठटाएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलवमान कायम गर्नुपर्ने आफूहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ । प्रदर्शनमा सहभागीहरुले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानवअधिकार रक्षा गर, निःशुल्क शिक्षा लागू गर, सहमति सम्झौता कार्यान्वय गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले विद्यालयमा काम गर्ने कर्मचारीहरु खानका लागि समस्या भएको अवस्थामा सरकारले आफुहरुको कुनै माग सम्बोधन गर्न नसकेको गुनासो गरे । सरकारले खाली थालमा खाना राख्ने वातावरण बनाउनुपर्ने उनले बताए।

आफूहरुको मागका विषयमा सरकारसँग औपचारिक रुपमा कुनै कुराकानी नभएको र अनौपचारिक कुराकानीमा भने आफूहरुलाई घर जाने वातावरण बनाउन सुझाव दिएको तिवारीले बताए।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #birodh pradarshan, #teachers

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट